त्रिकोणात्मक टी-ट्वान्टीः नेपाललाई जितका लागि ११५ रनको लक्ष्य

काठमाडौँ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल बनायो।
मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे। त्यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले नौ, मुहमद अमिरले १६ तथा विजय उन्नीले तीन रनको योगदान गरे। बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान १-१ विकेट झारे।
उक्त सिरिजमा नेपाल र मलेसियाले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेका थिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
चैत १६, २०७८ बुधबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।