प्लुटोमा आश्चर्यजनक रूपमा अग्लो हिम ज्वालामुखीको पहिचान

प्लुटोमा आश्चर्यजनक रूपमा अग्लो हिम ज्वालामुखीको पहिचान
Photo: Reuters

एजेन्सी : नासाले प्लुटोमा हाम्रो सौर्यमण्डलमा ज्ञात भएको भन्दा फरक र एकदमै सक्रिय गुम्बज आकारको बरफ ज्वालामुखीहरूको समूह पहिचान गरेको छ। न्यू होराइजन्स अन्तरिक्ष यानबाट डाटा प्रयोग गरेर पहिचान गरिएको सो ज्वालामुखीले यो टाढाको चिसो संसार पहिलेको भन्दा बढी गतिशील भएको देखाएको छ। 

वैज्ञानिकहरूले मंगलबार यी क्रायोज्वालामुखीहरू १० वा त्यो भन्दा बढी रहेको र त्यो सब १ देखि ७  किलोमीटर सम्म अग्लो भएको अनुमान गरेका छन्। यो पृथ्वीको ज्वालामुखीहरू भन्दा निकै फरक हुन्छ। पृथ्वीमा ज्वालामुखीले ग्याँसहरू र पग्लिएको चट्टानहरू निकाल्छन् भने प्लुटोमा क्रायोज्वालामुखीले ठूलो मात्रामा बरफ निकाल्छ। 

जुन स्पष्ट रुपमा जमेको पानी भन्दा पनि अन्य जमेको सामग्री जस्तै देखिने र ठ्याक्कै हेर्दा मन्जनको एकरुपता जस्तो पनि देखिएकोे वैज्ञानिकहरूको दाबी छ । क्षुद्रग्रहहरुमा बेल्ट बौना ग्रह सँगै सेरेसमा रहेका विशेषताहरु, शनिको चन्द्रमा एन्सेलाडस र टाइटन, बृहस्पतिको चन्द्रमा युरोपा र नेप्च्युनको चन्द्रमा ट्राइटनलाई पनि क्रायोज्वालामुखीले आफ्नो स्वरूपमा ढालिएको छ। तर, ती सबै तापक्रम र वायुमण्डलीय चाप जस्ता विभिन्न सतह अवस्थाका कारण र बर्फीली सामग्रीको विभिन्न मिश्रणहरूका कारण प्लुटोको भन्दा फरक हुने गरेको अन्वेषकहरु तर्क गर्छन्। 

नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित अध्ययनका प्रमुख लेखक बोल्डर, कोलोराडोस्थित साउथवेस्ट रिसर्च इन्स्टिच्युटको ग्रह वैज्ञानिक केल्सी सिंगरले भने, 'यी विशेषताहरू फेला पर्नुले हामीले पहिले सोचेको भन्दा प्लुटो धेरै सक्रिय भएको देखाउछ। यसले भूवैज्ञानिक रूपमा जीवित छ भन्ने संकेत गर्छ। यिनीहरुको संयोजन भौगोलिक रूपमा भर्खरै भएको हो। तर, यसले विशाल क्षेत्र ओगटेको र सम्भवतः पानीको बरफबाट बनेको हुनु अचम्मको कुरा हो किनभने प्लुटोको इतिहासको यस चरणमा हामीले सोचेभन्दा बढी आन्तरिक ताप चाहिन्छ ।'

नयाँ अध्ययनमा विश्लेषण गरिएका तस्बिरहरू र डेटाहरु, न्यू होराइजन्सले सन् २०१५ मानै प्लुटोमा क्रायोज्वालामुखीको बारेमा परिकल्पनाहरू प्रमाणित गरिएको थियो। 

प्लुटो पृथ्वीको चन्द्रमा भन्दा सानो छ। यसको व्यास लगभग २,३८० किमीको छ। पृथ्वीको कक्षभन्दा झन्डै ४० गुणा टाढा रहेको यसले सूर्यबाट करिब ५.८ बिलियन किमि टाढा परिक्रमा गर्छ। यसको सतहमा मैदान, पहाड, खाडल र उपत्यकाहरू मात्र छन्। साउथवेस्ट रिसर्च इन्स्टिच्युटका ग्रह वैज्ञानिक एलन स्टर्नका अनुसार, 'यो एक पटकको लागि मात्र देखिएको होइन। अध्ययनले क्रायोभोल्केनिज्मको लागि व्यापक प्रमाण मात्र नभई यो लामो समयसम्म रहेको पनि फेला पारेको छ। प्लुटोको बारेमा सबैभन्दा मनमोहक कुरा के हो भने यो सानो आकार र सूर्यबाट उच्च दूरीको बावजुद पनि पृथ्वी वा मंगल जत्तिकै जटिल छ ।'

नयाँ अध्ययनले देखाएको कुरालाई आश्चर्य जनक भन्दै यसले क्रायोभोल्केनिज्मको बारेमा फेरी सोच्नु पर्नेमा जोड दिएको उनले बताएका छन्। अन्वेषकहरूले स्पुतनिक प्लानिटियाको दक्षिणपश्चिम क्षेत्रको विश्लेषण गर्दा प्लुटोको ठूलो मुटु आकारको बेसिन नाइट्रोजन बरफले भरिएको पाएका छन्। उनीहरुले त्यहाँ ३०-१०० किमि ठूला गुम्बजहरू पनि भेट्टाएको र यसले कहिलेकाही थप जटिल आकारको संरचनाहरू बनाउन संयोजन गर्ने बताए। 

राइट मोन्स भनिने उचाइ सबैभन्दा अग्लो मध्ये एक हो। जुन धेरै ज्वालामुखी गुम्बजहरू मिलाएर बनेको हुन सक्छ। पृथ्वी र सौर्यमण्डलका अन्य ग्रहहरू जस्तै प्लुटो पनि लगभग ४.५ बिलियन वर्ष पहिले अस्तित्वमा आएको थियो। यसको प्रभाव सामान्यतया आफै जम्मा हुने क्रेटरहरूको अनुपस्थितिमा आधारित हुने गर्छन्। तर यसको क्रायोज्वालामुखीहरू अपेक्षाकृत विगत केहि सय मिलियन वर्षमा मात्र गठन भएको जस्तो देखिन्छ। 

त्यस्तै सिंगरका अनुसार, 'यो एक भौगोलिक टाइमस्केलमा जवान छ। किनभने त्यहाँ अहिले सम्म लगभग कुनै क्रेटरहरूको प्रभाव छैन। त्यसैले यो सम्भव छ कि यी प्रक्रियाहरू आजको दिनमा पनि चलिरहेको छ।' प्लुटोमा धेरै सक्रिय भूविज्ञान छ। त्यहाँ प्रवाहित नाइट्रोजन बरफका हिमनदीहरु र एक चक्र जसमा नाइट्रोजन बरफ दिनको समयमा वाष्पीकरण हुन्छ  र रातमा बरफ गाढा हुँदै यसले ग्रहको सतहलाई निरन्तर परिवर्तन गर्ने प्रक्रिया बनाई राख्छ।


'प्लुटो एक भूवैज्ञानिक चमत्कार हो।' भन्दै सिंगर भन्छन्, 'प्लुटोका धेरै क्षेत्रहरू एक अर्काबाट पूर्ण रूपमा भिन्न छन्। यदि तपाईंसँग प्लुटोको पज्जलका केही टुक्राहरू छन् भने तपाईंलाई थाहा पाउन गार्हो हुन्छ कि त्यसको अन्य क्षेत्रहरू कस्तो देखिन्छन्।' 

चैत १६, २०७८ बुधबार १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।