हिटलरबाट बँच्न युक्रेन आएका नागरिक पुटिनबाट जोगिन जर्मनी जाँदैछन्

काठमाडौं : युद्ध रुस र युक्रेनबीच चलिरहेको छ। तर त्रासमा बाँच्न विवश छन्, आम-नागरिक। युद्धबाट पीडित नागरिक सोच्दैछन्- हाम्रो कुनै ठेगाना छैन।
रुसी आक्रमणपछि कैयौं नागरिक युक्रेन छोडेर दोस्रो मुलुकमा पलायन भइरहेका छन्। तीमध्ये कोही मानिस युक्रेनबाट जर्मनी गइरहेका छन्।
अचम्म के छ भने, युक्रेनबाट जर्मनी गइरहेका युहुदीमध्ये कैयौं यस्ता बुढा-पाका यस्ता पनि छन् जो हिटलबाट बच्न जर्मनीबाट भागेर युक्रेन आएका थिए। तर, यो ६/७ दशक इतिहासमा समयले कोल्टे फेर्यो, उनीहरु अब रुसको आक्रमणबाट बच्न जर्मनी नै फिर्ता हुन बाध्य भए।
यी आम-नागरिक एउटा यस्तो अवस्थामा छन्, जीवनकालमा उनीहरुले आफ्नै कुनै ठेगाना पाउन सकेनन्।
मिडिया रिपोर्टका अनुसार युक्रेनबाट जर्मनी पुगेकी एक यहुदी वृद्ध महिलालाई ओल्ड एज होममा राखिएको छ। उनी अहिले जर्मनीलाई एउटा नयाँ जर्मनी रुपमा देखिरहेकी छन्। अब त्यो जर्मनी रहेन, कुनै जमानामा हिटलरले लाखौं यहुदीलाई एउटै लास बनाइदिएका थिए।
त्यतिबेला थुप्रै परिवार जर्मनीमा हिटलरको अत्याचारबाट भागेर युक्रेन आएका थिए। तीमध्ये कति मरिसके। जीवित वृद्ध-वृद्धा फेरि जीवन बचाउन युक्रेनबाट भागेर जर्मनी जान बाध्य छन्।
युक्रेनमा यहुदीको संख्य उल्लेख्य छ। त्यहाँका राष्ट्रपति ब्लादिमिर जेलेन्स्की पनि यहुदी नै हुन्। तर अहिले रुसी आक्रमणपछि यहाँका यहुदी फेरि खतरामा परेका छन्।
चैत १६, २०७८ बुधबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।