पोखरामा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

पोखरा : पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बुधबार बिहान स्कुटरमा कलेज हिँडेकी पोखरा नयाँगाउँकी १८ वर्षीय अन्जना पाइजाको सभागृह नजिक ट्रकले ठक्कर दिदाँ मृत्यु भएको हो। स्कुटरको पछाडि सवार पोखरा १० घलेचोक बस्ने १८ वर्षीय मिना गुरुङ घाइते भएकी छन् ।
सभागृह चोकमा ना ६ख४७२५ नंम्वरको ट्रकले ग१४प६५९८ नम्बरकाे स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पाइजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रबक्ता सुन्दर तिवारीले बताए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी पाइजालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको डिएसपी तिवारीले बताए।
घाइते गुरुङको ढाडमा चोट लागेको छ । उनको अवस्था भने सामान्य रहेको छ ।
ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चैत १६, २०७८ बुधबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।