घरेलु मैदानमा लगातार दोस्रो जितको दाउमा नेपाल

 घरेलु मैदानमा लगातार दोस्रो जितको दाउमा नेपाल

काठमाडौं : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली  नेपालले आज (बुधबार) आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ।

शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा  पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ।

पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो। तालिकामा दुबै टोलीको दुई अंक छ।

नेपाल र मलेसियाबीच भएको ६ खेलमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ।

चैत १६, २०७८ बुधबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।