पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं : युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप–२०२२ छनोट भएका छन् ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० अन्तरले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे।
३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपमा स्थान दिलाए।
प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० अन्तरले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १–१ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिदा ५औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे । ७२औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे।
चैत १६, २०७८ बुधबार ०६:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।