तिलकप्रसाद सर्वोच्चको न्यायाधीशमा नियुक्त

तिलकप्रसाद सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौँ : संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। उनलाई मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त गरेकी हुन्।

न्याय परिषद्को सिफारिसमा नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम भण्डारीले श्रेष्ठलाई न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सर्वोच्चका प्रस्तावित न्यायाधीश श्रेष्ठ गोला प्रथाको विपक्षमा

विराटनगर उच्च अदालतका न्यायाधीश रहेका श्रेष्ठ फागुन ६ मा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका थिए। डिठ्ठाबाट न्याय सेवामा प्रवेश गरेका उनी २०८३ साल भदौ १३ सम्म सर्वोच्चको न्यायाधीश हुनेछन्।

चैत १५, २०७८ मंगलबार १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।