कांग्रेस केन्द्रीय समिति बैठकः संसदीय समिति गठन भएन

कांग्रेस केन्द्रीय समिति बैठकः संसदीय समिति गठन भएन

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समितिबाट संसदीय समित गठन गर्ने भनिए पनि गठन हुन सकेन। कांग्रेसले संसदीय समिति गठनको तयारी गरे पनि आज सम्पन्न केन्द्रीय समितिले टुंगो लगाउन नसकेको हो। 

मंगलबारको केन्द्रीय समितिको बैठकमा उक्त प्रस्ताव नआएको एक नेताले जानकारी दिए। पदाधिकारीको अनौपचारिक छलफलमा तय गरिएका नाममा डा. रामशरण महत, अर्जुननरसिंह केसी, चित्रलेखा यादवलगायतका नेताहरु हट्न मानेनन्। 

उनीहरु हट्न नमानेपछि देउवा निकट नेताहरु एनपी सावद, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की संसदीय समितिमा नअट्ने देखिएपछि फेरि पनि छलफल जारी राख्ने कुराकानी भएको ती नेताले उकेरसँग भने। 

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि सो विषयमा छलफल हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

आज सम्पन्न केन्द्रीय समितिले आगामी निर्वाचनमा गठबन्धन दलसँग चुनावी तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेको छ। साथै कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ। यस्तै प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ।

चैत १५, २०७८ मंगलबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।