अझै सरु भएन कांग्रेस केन्द्रीय समिति बैठक

अब बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले उक्त निर्णयबारे ब्रिफिङ गर्ने बैठकमा सहभागी एक पदाधिकारीले उकेरालाई जानकारी दिए। सभापति देउवाले अहिले पदाधिकारीलाई आवश्यकताको आधारमा चुनावी तालमेल गर्नेबारे ब्रिफिङ गर्दैछन् भने केन्द्रीय सदस्य गफगाफमा व्यस्त छन्।
बैठकले आगामी चुनावको लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने जनाइएको छ।
चैत १५, २०७८ मंगलबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।