एनआरएन अध्यक्ष भएपछि कांग्रेस सभापति देउवालाई भेट्न गए आचार्य

एनआरएन अध्यक्ष भएपछि कांग्रेस सभापति देउवालाई भेट्न गए आचार्य

देउवासँग भेट गरेपछि आचार्यले वृद्धाश्रम बनाउने निर्णय भइसकेको र त्यसलाई सहजीकरण गर्न सरकारलाई आग्रह गरेको बताए। तीन करोड ५६ लाख जम्मा गरेको। वृद्धाश्रमका लागि १७ करोडको लागतको अनुमान रहेकाले सरकारकारतर्फबाट सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए।

नेपाल बाहिर श्रम गर्न गएका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र गैर आवासीय नेपालीहरूले गर्ने १० अर्बको लगानीका लागि अझै केही कानुनी अप्ठ्याराहरू रहेकाले त्यसमा सहजीकरणको लागि आग्रह गरेको आचार्यले जानकारी दिए।

'गैर आवासीय नेपालीलाई नागरिकताका लागि ऐनमा छिट्टै व्यवस्था गर्न माग गरेका छौँ। त्यसले नेपालीको सम्पत्ति बाहिरिन रोकिने र नेपालीहरू बाहिर बसे पनि नेपालसँग जोडिइरहने छन्। यसप्रति प्रधानमन्त्री सकारात्मक रहनुभएको छ,' उनले भने।

चैत १५, २०७८ मंगलबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।