स्थानीय आवश्यकताको आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

पदाधिकारीको अनौपचारिक बैठकले तयार पारेको प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन लागिएको छ। देउवाले अहिले सोही प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस गर्ने एक पदाधिकारीले जानकारी दिए।
स्थानिय आवश्यक्ता अनुसार चुनावी तालमेल गर्ने गरि ड्राफ्ट भएको छ। सभापतिलाई ब्रिफिङ गर्न जाँदै छौं । त्यही अनुसार निर्णय हुन्छ, बैठकमा सहभागी ती पदाधिकारीले उकेरासँग भने।
पार्टी सभापति शेरबहादुर देउवा पार्टी पदाधिकारी र धेरैजसो केन्द्रीय सदस्य आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा छन् भने नेता शेखर कोइराला एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अडान राख्दै आएका छन्।
चैत १५, २०७८ मंगलबार १७:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।