केसीएल क्यापिटलको नाम बदलियो, अब गरिमा क्यापिटलको नाममा कारोबार

२०७८ आषाढ ४ मा केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैङ्क लिमिटेडबिच अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी-स्वामित्व खरिद गर्ने सम्बन्धी समझदारी भएको थियो। सोही अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयको २०७८ चैत्र ७ मा अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल-अचल सम्पत्ति तथा र दायित्व परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी गरिमा क्यापिटल लिमिटेडलाई अनुमति दिएको थियो।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितो पत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो। गरिमा क्यापिटल लिमिटेडका सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैङ्क लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुने व्यवस्था मिलाइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चैत १५, २०७८ मंगलबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।