सर्वोच्चका प्रस्तावित न्यायाधीश श्रेष्ठ गोला प्रथाको विपक्षमा

सर्वोच्चका प्रस्तावित न्यायाधीश श्रेष्ठ गोला प्रथाको विपक्षमा

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रहेका श्रेष्ठले अदालत र न्यायाधीशमाथि धेरै अविश्वास देखिएको भन्दै गोला प्रथा सुरु गरिएपछि फर्छ्यौट हुने मुद्दाको दर समेत घटेको दाबी गरेका थिए।

यसले मुद्दाको पेशी तोक्दा नै हुने सेटिङ नियन्त्रणमा सहयोग पुग्ने भए पनि अदालतमा रहेको भनिने भ्रष्टाचार भने नियन्त्रण हुन नसक्ने धारणा राखेका थिए। उनले गोला प्रथा कायम रहे नेपाल बार एसोसिएसन र सेवाग्राहीले यो हटाउन माग गर्ने दाबी समेत गरे।

उनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पालामा जुन विषय उठान गरेर गोला प्रथा ल्याइएको हो त्यो ठिकै भए पनि यसलाई लामो समय निरन्तरता दिन भने नहुने धारणा राखेका थिए। सेटिङमै मुद्दा छिनोफानो गर्नेले आफ्नो इजलासमा नपरेसम्म पेशी स्थगित गराएको गरायै गरेर भए पनि मुद्दा छिन्न सक्ने भन्दै उनले सुनुवाइमा भने' ५२ पटकसम्म इजलास तोकिएर पनि मुद्दा नहेरिएका घटनाहरू पनि छन्। यसलाई गोला प्रथाले रोक्न सक्छ?'

सवाल-जवाफपछि समितिले श्रेष्ठको नाम सर्वसम्मत पारित गरेको थियो।

चैत १५, २०७८ मंगलबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।