टिप्परको ठक्करबाट बाँकेमा पैदल यात्रीको मृत्यु

टिप्परको ठक्करबाट बाँकेमा पैदल यात्रीको मृत्यु

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरिएको थियाे। ठक्कर दिने टिप्पर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए। 

चैत १५, २०७८ मंगलबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।