'भिजिबिलिटी' कम हुँदा आज हवाई उडान प्रभावित

'भिजिबिलिटी' कम हुँदा आज हवाई उडान प्रभावित

सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 

मौसममा सुधार हुने बित्तिकै उडान र अवतरण नियमित हुने उनको भनाइ छ। भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरू प्रभावित भएका थिए।

चैत १५, २०७८ मंगलबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।