रुस-युक्रेन युद्ध : २० हजारको मृत्यु, १० लाख विस्थापित
वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट्ने कार्यक्रम तय भएको छ । यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए।
मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्, कुलेबाले ट्वीट गरेका छन्। रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल आइपुगेको समाचारमा उल्लेख छ। युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष वार्ताको तीन चरणहरू पार गरेका छन् भने चौथो चरण भिडियो मार्फत भएको थियो।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गर्दै रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई यस त्रासदीको अन्त्य गर्न आग्रह गरेका छन्। इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित आमनेसामने वार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ।
सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्तापछि प्रत्यक्ष भेट गरेको यो पहिलो पटक हो । दुई पक्षको चासो छ, अन्तरराष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव छ, एर्डोगानले भने।
यस त्रासदीको अन्त्य गर्ने दुई पक्षमा निर्भर छ, उनले जोड दिदै भने, द्वन्द्वको निरन्तरता कसैको हितमा छैन।
टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक गत महिना युक्रेनको आक्रमणपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो।
चैत १५, २०७८ मंगलबार १४:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।