'भ्यु टावर' निर्माणपछि नयाँ सोच र विचारको सिर्जना भएकाे छ : अध्यक्ष ओली

ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनपर्ने बताए। उनले भने, 'भ्यु टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ।' उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेकाे बताए । उनले भने, 'यसकारण म यस कार्यको प्रशंसा गर्छु। यसले याे क्षेत्रकाे विकासमा सहयाेग पुगाेस्।'
यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नुपर्ने उनको भनाइ छ। 'अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन्। आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो, उनले भने।'
यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ।
चैत १५, २०७८ मंगलबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।