चार सय ६५ ट्याब्लेट नाइट्राभेटसहित सिन्धुलीका एक युवा पक्राउ

चार सय ६५ ट्याब्लेट नाइट्राभेटसहित सिन्धुलीका एक युवा पक्राउ

काठमाडौंः प्रहरीले चार सय ६५ ट्याब्लेट नाइट्राभेटसहित एक युवालाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सिन्धुली कुसेश्वर गाउँपालिका-१ बस्ने २० वर्षीय प्रयास श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

महोत्तरीको जलेश्वरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा५ख ८३० नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।

चैत १५, २०७८ मंगलबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।