जापानी कम्पनीलाई रुसी मुद्रा 'रुबल'मा कारोबार नगर्न आग्रह

जापानी कम्पनीलाई रुसी मुद्रा 'रुबल'मा कारोबार नगर्न आग्रह

एजेन्सीः जापान सरकारले रुसी मुद्रा रुबलमा कारोबार नगर्न आफ्नो मुलुकको कम्पनीहरूलांई आग्रह गरेको छ। रुसी तरल प्राकृतिक ग्यास (एलएनजी) को कारोबारको लागि रुबलमा कारोबार नगर्न जापानले कम्पनीहरूलाई आग्रह गरेको हो।

जापान सरकारका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले भने, 'अहिलेसम्म जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रुबलमा रूपान्तरणको आवश्यकतामा पर्ने सूचनाहरू छैनन्। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापान सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ', उनले भने।

जारी रुस-युक्रेन युद्धले गर्दा रुस आफ्नै मुद्रालाई अन्तरराष्ट्रिय मुद्राको रूपमा प्रयोग गर्न चाहिरहेको छ। 

चैत १५, २०७८ मंगलबार १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।