आफैं सवार ट्याक्टरले किचेर १६ वर्षीय संगमको मृत्यु

आफैं सवार ट्याक्टरले किचेर १६ वर्षीय संगमको मृत्यु

रुपन्देहीः जिल्लाको तिलोत्तमा नगरपालिका- २ मा हिजो साँझ गुडिरहेको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले किच्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका- ४ का १६ वर्षीय संगम थारु रहेका छन्।

गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। लु१त ६८४२ नम्बरको ट्याक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्याक्टरबाट खसेका थिए।

ट्याक्टरसहित चालक वडा प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेका छन्।

चैत १५, २०७८ मंगलबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।