त्रिदेशीय श्रृङ्खलामा दुई पाहुना टोली भिड्दै

तस्बिर: क्यान
काठमाडौंः जारी त्रिदेशीय टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृङ्खलामा दुई पाहुना टोली भिड्ने भएका छन्। आज मलेसिया र पीएनजीबीच प्रतिस्पर्धा हुँदैछ।
खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ। श्रृङ्खलाको सुरुआत जितबाट गर्ने मलेसियाको ध्येय हुनेछ। पीएनजी पनि पहिलो खेलमा नेपालबाट व्यहोरेको पराजयपछि पहिलो जितको खोजीमा हुनेछ।
मलेसियाको कप्तानी फियाज अहमदले गर्नेछन्। पीएनजी असद भालाको कप्तानीमा मैदानमा उत्रनेछ।
चैत १५, २०७८ मंगलबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।