प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न प्रदेशका पहाडी भूभागमा आज वर्षाको सम्भावना रहेको छ। हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण केही स्थानमा वर्षाको सम्भावना रहेको हो।
यतिबेला प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
चैत १५, २०७८ मंगलबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।