भक्तपुर क्यान्सर अस्पतालमा वाटर एटीएम

खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटीएम’को उद्घाटन गरेका छन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटीएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए।
बिरामी र बिरामीका कुरुवा रहने अस्पतालमा जडान भएको वाटर एटीएमले शुद्ध खानेपानी उपलब्ध गराउन सहज भएको उनको भनाइ थियो। उनले अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिकस्थल, भीडभाड हुने ठाउँ, पार्क तथा उद्यानजस्ता ठाउँमा यस्ता वाटर एटीम जडान गर्ने अभियान चलाउने बताए।
अस्पताल परिसरमा जडान गरिएको वाटर एटीएममा रु दुई खसालेर कागजको कपमा २०० मिलीलिटर शुद्ध पानी पाउने व्यवस्था गरिएको हो।
चैत १५, २०७८ मंगलबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।