गिग अर्थतन्त्रमा लैङ्गिक असमानता रहेको भिक्टोरियन सरकारको निष्कर्ष
एजेन्सी : भिक्टोरियन सरकारले निकालेको नयाँ प्रतिवेदनमा गिग अर्थतन्त्रमा लैङ्गिक असमानता रहेको पाइएको छ। जसमा पुरुष भन्दा महिलाहरूको ३७ % कम कमाई हुने गरेको उल्लेख छ।
प्रतिवेदनका अनुसार अस्ट्रेलियामा गिग अर्थतन्त्रको रूपमा महिलाहरूले पुरुषको तुलनामा १०% देखि ३७% कम कमाउँछन्। क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी अनुसन्धान टोलीले तयार पारेको सो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो।
अस्ट्रेलियाली र विश्वव्यापी अध्ययनहरूका अनुसार गिग अर्थतन्त्रले 'काममा विद्यमान लैङ्गिक असमानताहरूलाई पुनरुत्पादन र बढाउन सक्छ।'
एउटै कामको लागि, पुरुषहरूले महिलाहरूको तुलनामा औसत २.६७ डलर प्रति घण्टा बढी कमाउने गरेको पाइएको छ भने ४०% गिग अर्थतन्त्रका कामदारहरूलाई उनीहरूको घण्टाको दर के हो भनेर थाहा समेत नभएको पाइएको छ।
त्यस्तै महिलाहरूले आफ्नो कामबाट वार्षिक रूपमा ४० हजार डलर भन्दा कम कमाउने सम्भावना बढी रहेको प्रतिवेदनले देखाएको छ। जस अन्तर्गत प्राय महिलाहरू गृहिणी वा बेतलबी हेरचाहकर्ताहरू हुने सम्भावना बढी रहेको छ। यदि बाहिर काम गर्ने अवसर उनीहरूले पायो भने पनि केही समयको लागि, अनौपचारिक, वा निश्चित–अवधि सम्झौतामा मात्र काम गर्ने गरेको पाइएको छ।
गिग अर्थतन्त्रमा पुरुषहरूले सफ्टवेयर विकास, प्रविधि, यातायात र खाद्य वितरण सँगै व्यापारमा बढी काम गर्ने गरेको देखिएको छ। महिलाहरू भने ऐतिहासिक रूपमा हुँदै आएको नारीकरण कार्यमा बढी भाग आबद्ध भएको देखिएको छ। जस्तै : अफिसको काउन्टरमा बस्नु र डेटाको रेकर्ड राख्नु, मार्केटिङ गर्नु, लेखन र अनुवाद गर्नु र सके सम्म अरूको सेवा गर्नु।
प्रतिवेदनका अनुसार, १४% महिलाहरूले आफ्नो काम गर्ने स्थान 'व्यक्तिगत ग्राहकको घरमा“ भनेर नामकरण गरे भने पुरुषहरू ५% मात्र त्यस्तो स्थानमा कम गर्ने गरेको पाइयो।
मेलबर्नकी एक महिला लोर्ना बेरीले आफ्नो आम्दानीको लागि सन् २०१६ मा राइड सेयर ड्राइभिङ सुरु गरेकी थिइन्। सर्वेक्षणको क्रममा महिला ड्राइभरहरूका लागि एकदमै चुनौतीहरू छन् भनेर स्वीकार गर्ने उनी पहिलो व्यक्ति हुन्।
उनी भन्छिन्, 'तपाईँले कहिलेकाहीँ त्यस्तो अचम्मको मान्छे भेट्नु हुन्छ , तिनीहरूलेनै तपाईँलाई कसरी गाडी चलाउने वा कुन बाटो जाने भनेर बताउन खोज्छन्। र उनीहरू बारम्बार एउटा प्रश्न गर्छन्, ’ तपाई सुरक्षित महसुस गर्नुहुन्छ ?, तपाईँको पार्टनर कहाँ छ?, के गर्छ ?’ त्यस पछि उनी जवाफ फर्काउँछिन्, यो तपाईँको सरोकारको विषय होइन।
महिलाहरू मानसिकसँगै यौन दुर्व्यवहार र गैर कानुनी गतिविधिको जोखिममा पनि छन्। बेरीले मेलबर्नको उत्तर–पूर्व, एल्थमको पछाडिको सडकमा राति अबेरसम्म गाडी चलाउन जोड दिने एक व्यक्तिलाई हपारेकी थिइन्। र उनले आफ्नो खुट्टाको बिचमा बडी स्प्रेको क्यान समेत तयार गर्न पर्यो। त्यस्तै, अर्को व्यक्तिले भने आफूलाई प्रहरी भएको दाबी गर्दै बारम्बार भर्खरै एक यात्रुले छुरा प्रहार गरेको ट्याक्सी चालकको बारेमा सुनेको बताईरहेको थियो । त्यस पछि भने उनी डराइन्।
’त्यो कुराले एकदम निरुत्साहित भएको थिए। मैले त्यस घटना बारे उजुरी पनि दिएकी थिए। अब फेरि त्यो व्यक्तिसँग कहिले पनि भेट्न नपरोस्। मलाई अझै थाहा छैन अझै यस्तो कति चोटि भोग्नु पर्ने हो,' बेरीले भनिन् ।
भिक्टोरियन सरकारले २०१८को माग–अनुरूप कार्य बलको बारेमा अनुसन्धान स्थापना गरेको छ। जसमा जसमा कर्मचारी हरुको उचित अवस्था र तलबमा मापदण्डहरू विकास गर्ने सबै सिफारिसहरूलाई पूर्ण रूपमा स्वीकार गरेको छ।
'गिग अर्थतन्त्र कामदारहरूको लागि एउटा राम्रो अवसर भए पनि यसले धेरै व्यक्तिहरूको लागि विशेष गरी महिलाहरूका लागि निष्पक्षताको परीक्षणमा असफल हुन सक्छ’ भन्दै भिक्टोरियाको अवस्था सुधार्न काम गरिरहेको उद्योग मन्त्री टिम पल्लासको भनाई छ।
गिग अर्थव्यवस्थालाई साझेदारी अर्थव्यवस्था पनि भनेर बुझ्न सकिन्छ। जहाँ विभिन्न कम्पनी तथा कर्मचारीहरूको प्रत्यक्ष संलग्न हुन्छन्।
-दी गार्जियन
चैत १४, २०७८ सोमबार २२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।