सप्तरीबाट कटुवा पेस्तोल बरामद

सप्तरीबाट कटुवा पेस्तोल बरामद

काठमाडौं : सप्तरीको राजगढ गाउँपालिका–६ बर्दहीबाट सोमबार प्रहरीले भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको छ। 

विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल गण ७ हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले आँपको बगैँचा हुँदै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक नाल र एक थान कटुवा पेस्तोल बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालका अनुसार एक व्यक्तिलाई जाँच गर्ने क्रममा झोला फालेर भेगेपछि प्रहरीले उक्त झोलामा कटुवा पेस्तोल फेला परेको हो।

फेला पारेका उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ भने  फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चैत १४, २०७८ सोमबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।