तीन वर्षीया बालिका करणी गरेको आरोपमा युवक पक्राउ

तीन वर्षीया बालिका करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । तीन वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पाल्पाको तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगरलाई पक्राउ गरेको हो।

आइतबार बेलुकी बालिकालाई जबरजस्ती करणी गरेको सूचनापछि पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १४, २०७८ सोमबार १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।