वैज्ञानिकहरूले मोनोट्रेम्स बसाई सरेको क्षणको रहस्य सुल्झाए

वैज्ञानिकहरूले मोनोट्रेम्स बसाई सरेको क्षणको रहस्य सुल्झाए

एजेन्सी : अनुसन्धानकर्ताहरूले अस्ट्रेलियामा कसरी र कहिले इकिडनाहरू आइपुगेका थिए भन्ने तथ्य पत्ता लगाएका छन्। नयाँ अध्ययनले हरेक मोनोट्रेम (स्तनधारी प्राणी जसले बच्चा जन्माउनुको सट्टा अण्डा पार्ने गर्दछ) को प्रारम्भिक इतिहासको जीवास्मा पत्ता लगाएका हुन्।

प्लेटिपस र इकिडनाका चार प्रजातिहरू मात्र अहिले अस्तित्वमा रहेका मोनोट्रेमहरु हुन्। प्रजाति विकासको इतिहासमा अस्ट्रेलियाली जीवाश्म रेकर्डमा सबैभन्दा पुरानो इकिडना मात्र २ मिलियन वर्ष पुरानो भएको फेला पारेको थियो।

तर, अल्चेरिङ्गा जर्नलमा प्रकाशित नयाँ अनुसन्धानको नेतृत्व गरेको अस्ट्रेलियाली म्युजियमका प्रमुख वैज्ञानिक प्रोफेसर क्रिस्टोफर हेल्गेनले इकिडना र प्लेटिपसहरूले साझा पुर्खाको साझेदारी गरेको दसौँ मिलियन वर्ष भइसकेको बताएका छन्। सो अनुसन्धानमा प्रोफेसर टिम फ्ल्यानेरीले पनि सहयोग गरेका छन्।

इकिडनाको प्रजाति लगभग  २.६ मिलियन वर्ष पहिले अन्तिम हिमनदी अवधिको युगको सुरुमा न्यु गिनी टापुको बर्ड्स हेड प्रायद्वीपबाट अस्ट्रेलियामा बसाइँ सरेका हुन सक्ने उनीहरुको विश्वास छ। त्यहाँ अहिले पनि चारै प्रजातिका इकिडनाहरु फेला पार्न सकिने हेल्गेन बताउँछन्।

अस्ट्रेलियामा भने छोटो–चोच भएको इकिडना मात्र पाइन्छ। आवधिक रूपमा इतिहास हेर्ने हो भने, न्यु गिनी भौतिक रूपमा अस्ट्रेलिया महाद्वीपसँग जोडिएको छ।

हेल्गेन भन्छन्, ’दश हजार वर्ष पहिले, तपाईँ दुई देशबिच हिँड्न सक्नुहुन्थ्यो। अस्ट्रेलिया पक्कै पनि न्यु गिनी टापुको कुनै हराएको ठाउँ हुनुपर्दछ जसले इकिडनालाई आश्रय दिइरहेको छ। किनभने अस्ट्रेलियाली जीवाश्ममा जनावरहरूको समूहको लागि त्यहाँको जस्तै वातावरण छ।’

अनुसन्धानकर्ताहरूले प्रारम्भिक मोनोट्रेमलाई पनि वर्गीकृत गरेका छन्। जस अन्तर्गत एक सानो कीरा खाने जीव जुन अनुमानित १२६ मिलियन वर्ष पहिले आफ्नै स्तनधारी परिवारमा बाँचेको थियो। टेइनोलोफोस ट्रुस्लेरी नामक सो किराको तौल अनुमानित ४० ग्राम थियो। दक्षिणपूर्वी अस्ट्रेलिया दक्षिण ध्रुवको नजिक सुपर महाद्वीप गोन्डवानाको भागको रूपमा रहँदा सो जीव पाइने गरिन्थ्यो।

हेल्गेन भन्छन्,’टेइनोलोफोस ट्रुस्लेरीमा सम्भवतः असामान्य छैटौँ इन्द्रिय छ जुन मोनोट्रेमहरूले प्रयोग गर्ने गर्दछ।’ तिनीहरूको अनुहारमा स्नायुहरूको ठुलो लट्टा हुन्छ। जुन उज्यालो क्षेत्रहरू पत्ता लगाउन सक्षम हुन्छ र त्यसको सहायताबाट उनीहरूले सिकार खोज्न सक्छन्।

'हामीलाई लाग्छ कि त्यस्तो ठाउँ जहाँ धेरै वर्षको लागि ध्रुवीय रात हुन्थ्यो, तिनीहरू मोनोट्रेम विकासको लागि सही अवस्था हुन सक्छ। यद्यपि टेइनोलोफोसको विशेषता पहिले नै विकसित गर्न को लागी ट्र्याकमा थियो। जुन पछि प्लेटिपस र इकिडनामा पनि देख्छौँ' उनले भने।

मोनोट्रेमका जीवाश्महरू पहिलो पटक पूर्वी भिक्टोरियामा रहेको समतल चट्टानहरूमा फेला परेका थिए । तिनीहरूको नयाँ वर्गीकरणले परिवारको रूपमा फरक फरक वर्गीकरण प्रदान गर्दछ। जसलाई एक स्तनपायी हुनुको पूर्ण रूपले फरक तरिका र साँच्चै राम्रो सङ्केत भएको उनले मानेका छन्।

जीवाश्म रेकर्डको जाँच गर्दा अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि मोनोट्रेमहरू धेरै पछि मात्र अस्ट्रेलियामा देखिन थालेका हुन्। र उनीहरुको शरीर पनि बिस्तारै ४ देखि ८ केजीको बिच सम्म विकसित भयो। हेल्गेनका अनुसार, 'यी केही ठुला स्तनधारी प्राणीहरू हुन् जुन डायनासोरको युगमा पनि कहीँ कतै अवस्थित भएको हुन सक्छ।' 

अनुसन्धान टोलीले अहिलेसम्म बाँचेको सबैभन्दा ठुलो अण्डा दिने स्तनपायी जनावरको नयाँ जीनस भन्दै इकिडना नाम ’मुरेग्लोसस’ राखेका छन्। जुन पश्चिमी अस्ट्रेलियाबाट विलुप्त भएको विशाल इकिडना हो।  हेल्गेनले भने, 'हामीलाई लाग्छ कि तिनीहरू सायद ३० केजीको तौल पुगेका छन्।'

तुलनात्मक रूपमा, छोटो चुच्चा भएको इकिडनाको औसत तौल ३.५ केजी छ। जबकि न्यु गिनीको लामो चुच्चो भएको इकिडनाको औसत तौल ७ देखि ८ केजी सम्मको छ।

व्यापक जीवाश्म विश्लेषणले गर्दा आफ्नो टोलीलाई मोनोट्रेमहरू कसरी बन्यो भन्ने यो एकल व्यापक कथा बताउने मौका दिएको उनको भनाई छ।

-दि गार्जियन

चैत १४, २०७८ सोमबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।