माओवादीले नेतृत्व गरेको ठाउँमा विकास भएको छ : प्रचण्ड

माओवादीले नेतृत्व गरेको ठाउँमा विकास भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको बताएका छन्।

सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि आफूहरूलाई घेरा हाल्न खोजेको तर आफू नटेरेको बताए।

प्रचण्डले आफूले सोचेभन्दा तीव्र गतिमा रोल्पामा विकास भएको पाएको समेत बताए । ‘जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ विकास भएको छ,’ उनले भने, ‘मैले रोल्पामा यति चाँडै विकास होला भन्ने सोचेको थिइनँ । विद्युत ६० प्रतिशत पुगेको छ। स्वाथ्य सबैतिर पुगेको छ। शिक्षामा सुधार हुँदैछ।’

प्रचण्डले रोल्पा क्रान्तिका लागि मात्रै नभइ शान्तिपूर्ण रुपान्तरणका लागि पनि अब्बल रहेको बताए । ‘रोल्पा जिल्ला क्रान्तिकारी परिर्वतनका लागि मात्रै प्रतिवद्ध होइन, शान्तिपूर्ण रुपान्तरण र विकासमा पनि योगादन गर्न सक्छ भन्ने लाग्छ’ उनले भने ।

रोल्पा ‘लालकिल्ला’ रहिराख्ने भन्दै प्रचण्डले रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

‘रोल्पा लाल किल्ला थियो, छ र रहिरहने छ,’ उनले भने ।

चैत १४, २०७८ सोमबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।