बुद्धचित्तको मालासहित कोरियन नागरिक पक्राउ

बुद्धचित्तको मालासहित कोरियन नागरिक पक्राउ

काठमाडौं । बुद्धचित्तको मालासहित प्रहरीले एक कोरयिन नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले अवैध रुपमा बुद्धचित्तको माला लिएर कोरिया जान लागेको अवस्थामा राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति पक्राउ गरेको हो।

जाङ कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट १५३ थान बुद्धचित्तको मालासहित कतारको दोहा हुँदै कोरिया जान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चैत १४, २०७८ सोमबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।