बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

खोटाङः बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो प्रहरीले जिल्लाको खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका-७ बस्ने ७३ वर्षीय सुनबहादुर चेम्जोङ रहेका छन्।
ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २ थान सेतो कालो पाटे पुली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चैत १४, २०७८ सोमबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।