चितवनमा दुई वटा मोटरसाइकल ठोकिँदा १९ वर्षका प्रवीनको मृत्यु

चितवनमा दुई वटा मोटरसाइकल ठोकिँदा १९ वर्षका प्रवीनको मृत्यु

चितवनः जिल्लाको कालिका नगरपालिका-६ मा हिजो दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। खोलेसिमलबाट मिलिजुली चोकतर्फ जाँदै गरेको बा७१प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना३२प ६५३३ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ६ बजे आपसमा ठोकिएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका ९५९५ नम्बरका मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका-१२ का १९ वर्षीय प्रवीन परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

दुवै मोटरसाइकलसहित अर्का मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

चैत १४, २०७८ सोमबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।