त्रिदेशीय टी ट्वेन्टी आजबाट: नेपाल र पीएनजी भिड्दै

काठमाडौंः नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय टी ट्वेन्टी श्रृङ्खला आजबाट सुरु हुँदैछ। आजको पहिलो खेलमा नेपाल र पीएनजी भिड्दैछन्।
खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ।
यसअघि पीएनजीले नेपालविरुद्धको एकदिवसीय श्रङ्खलामा क्लिन स्विप गरेको थियो। घरेलु मैदानमै व्यहोरेको हारको बदला लिने आज नेपालको लक्ष्य हुनेछ।
यस्तै गत साता मात्र दुबईमा सम्पन्न लिग टुअघिसम्म नेपालविरुद्ध एकदिवसीयमा एक खेल पनि नजितेको पीएनजीले त्यसयता नेपाललाई बलियो चुनौती दिइरहेको छ। पीएनजी यही आत्मविश्वाससाथ मैदानमा उत्रनेछ।
टी ट्वेन्टीमा भने नेपाल र पीएनजी एक पटक भिड्दा नेपाल पराजित भएको थियो।
यस्तै गत संस्करणको टी ट्वेन्टी विश्वकपमा सहभागी पीएनजी हाल टी ट्वेन्टी वरियतामा १९औं स्थानमा छ। नेपाल १३औं स्थानमा छ।
चैत १४, २०७८ सोमबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।