आज प्रदेश १ को पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नम्बर १ को पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण मौसम बदली हुने भएको हो।
यतिबेला प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
चैत १४, २०७८ सोमबार ०७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।