एल साल्भाडोरमा एकै दिन ६२ जनाको हत्या

एल साल्भाडोरमा एकै दिन ६२ जनाको हत्या

एजेन्सी : एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ। एकै दिन ६२ जनाको हत्या भएपछि राष्ट्रपति नायब बुकेलले सांसदहरूलाई आपतकालिन अवस्था घोषणा गर्न निर्देशन दिएका छन्। 

त्यहाँको राष्ट्रिय जनपद प्रहरीले ट्विटरमा पोस्ट गर्दै भनेको छ, 'यस शनिबार मार्च २६ देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ। हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं। यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं, प्रहरीले  बताएको छ।' 

चैत १३, २०७८ आइतबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।