गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिन्छ : वरिष्ठ नेता पौडेल

गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिन्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी केन्द्रीय समितिले नीतिगत निर्णय  लिने बताएका छन्। पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दे वरिष्ठ नेता पौडेलले चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता रहेको बताए। 

उनले केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले आगामी स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको पक्षमा धारणा राखेको बताए। उनले भने, अधिकांश केन्द्रीय सदस्यहरूको धारणा तालमेलको पक्षमा आएको छ। कहाँ–कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ। यो बैठकले चुनाव बारे सैद्धान्तिक निर्णय गर्छ।

यस्तै बैठकमा बोल्दै केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। उनले अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नगरेकाे भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री देउवा समक्ष माग गरेका हुन्। उनले कांग्रेसले एक्लै चुनाव जानुपर्ने बताएका छन्। 

शुक्रवारबाट सुरु केन्द्रीय समिति बैठकमा गठबन्धन,आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि संसदीय समिति गठन गर्ने, स्थानीय तह निर्वाचनको तयारी लगायत एजेण्डामाथि छलफल भइरहेको छ। 

चैत १३, २०७८ आइतबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।