बिमा समितिको निर्णयको प्रभाव शेयर बजारमा : बजार घट्दा बिमाको शेयर भने बढ्यो

बिमा समितिको निर्णयको प्रभाव शेयर बजारमा : बजार घट्दा बिमाको शेयर भने बढ्यो

काठमाडौँ : साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४१ अङ्कले घटेको छ। आइतबार बजार बन्द हुँदा नेप्से परिसूचक ४१ दशमलव ४३ अङ्कले घटेर २ हजार ५ सय ७२ दशमलव २३ अङ्कमा झर्यो।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव ५५ अङ्कले घट्यो। नेप्से र सेन्सेटिभ इन्डेक्स घटे पनि कारोबार रकम भने बढेको छ। दिनभरको ६२ हजार १ सय ६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भए। कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख पुग्यो।

बिमा समितिले बिमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने निर्णयको प्रभाव आइतबारको सेयर बजारमा देखियो। आइतबार निर्जीवन बिमा कम्पनीहरूको सेयर मूल्य भने बढ्यो।

समितिले हाल २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको जीवन बिमा कम्पनीहरूले ५ अर्ब र हाल १ अर्ब रुपैयाँ मात्रै चुक्ता पुँजी तोकिएका निर्जीवन बिमा कम्पनीहरूले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनु निर्णय गरेको थियो।

यही निर्णयको प्रभावले बजार घट्दा पनि बिमा कम्पनीहरूको शेयर मूल्य भने बढ्यो।

चैत १३, २०७८ आइतबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।