
चुनावी गठबन्धन राष्ट्रको आवश्यकता होः प्रदेश १ कांग्रेस सभापति थापा

काठमाडौँ : नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापाले चुनावी गठबन्धन राष्ट्रको आवश्यकता भएको बताएका छन् । पार्टी कार्यालय सानेपामा संचारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न गठबन्धन आवश्यक रहेको बताएका हुन्। उनले भने, 'मुलुकमा सुशासन र विधिको शासनका लागि गठबन्धन आवश्यक छ। गठबन्धन चुनाव जित्न मात्र होइन, संविधान जोगाउन पनि हो।'
उनले गठबन्धन कसरी गर्ने भन्ने बारे पार्टीले मोडल बनाउनुपर्ने बताए। प्रदेश सभापतिलाई स्थायी आमन्त्रित सदस्यको रूपमा बैठक बोलाउने बारे पार्टीले निर्णय लिने उपसभापति पूर्णबहादुर खड्काले आफूहरूलाई आश्वस्त पारेको उनले बताए। उनले प्रदेशले पाउने लेबी र प्रदेश सांसदले बुझाउने लेबी अब केन्द्रले नपाउने बताए।
शुक्रबाट सुरु केन्द्रीय समिति बैठकमा धारणा राख्ने कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका थिए भने थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएका थिए।
चैत १३, २०७८ आइतबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।