आज थाइ क्लब चोनबरीको सामना गर्दै नेपाल

तस्बिर: एन्फा
काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीले आज थाइ क्लब चोनबरीसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ३:४५ बाट सुरु हुनेछ।
यसअघि नेपालले थाइल्याण्डको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गरेको थियो। त्यसमा नेपाल २-० गोलअन्तरले पराजित भएको थियो।
एएफसी एसियन कप छनोटअघि अभ्यासस्वरूप नेपालले थाइल्याण्ड र चोनबरीसँग खेल्ने तय भएको थियो।
एसियन कप छनोटका खेलहरू जुन ८ देखि १४ सम्म चल्नेछ। प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ। सो समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन्।
चैत १३, २०७८ आइतबार १०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।