
सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान न्यौपानेको मृत्यु, एक जना घाइते

काठमाडौंः गए राति ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी कर्मचारीको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपाने रहेका छन्। गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा राति सवा २ बजे मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुने तनँहुको आबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमनकुमार सिंह रहेका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
न्यौपाने र सिंह सवार बा८३प ८९८५ नम्बरको मोटरसाइकल गए राति सवा १ बजे अनियन्त्रित भई पल्टिएको थियो।
चैत १३, २०७८ आइतबार ०९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।