आज प्रदेश १, बागमती र गण्डकीमा मौसम बदली हुने

आज प्रदेश १, बागमती र गण्डकीमा मौसम बदली हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मौसम बदली हुने जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण मौसम बदली हुने भएको हो।

यतिबेला देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति पनि यही मौसमी प्रणाली रहनेछ।

चैत १३, २०७८ आइतबार ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।