
एनआरएनको विवादित सम्मेलनमा राष्ट्रपति प्रमुख अतिथि

काठमाडौँ : पार्टीगत स्वार्थले विवादित बनेको गैर आवासीय नेपाली सङ्घको एक पक्षको सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि भएका थिए। अर्को समूहको शनिवार भएको सम्मेलनमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि बनेकी छिन्।
नेतृत्व समेत चयन गर्ने सम्मेलनका सहभागीबारे विवाद भएपछि तोकिएको सम्मेलन सर्दै पूर्व अध्यक्षहरूलाई विवाद मिलाउने जिम्मेवारी दिइएको थियो। तर शेष घले एकातिर अन्य अर्कोतिर भएपछि विवाद मिल्न सकेन।
घले समूहले २ दिन अगाडि नै सम्मेलन र नयाँ कार्यसमिति समेत घोषणा गर्यो। उपेन्द्र महतो, जिबा लामिछाने, भवन भट्ट अर्कोतिर लागेर एनआरएनको विधानमै नभएको बहुपदमा सहमति गराएर शनिवार सम्मेलन गरे।
परराष्ट्र मन्त्रालयले कुन समूहलाई मान्यता दिन्छ त्यसैले नै एनआरएन संस्थाको प्रतिनिधित्व गर्नेछन्। तर गैर आवासीय नेपालीलाई सङ्गठित गरेर मुलुक निर्माणमा सहभागी गराउने दाबी गरिएको सङ्घ कुन तहसम्म राजनीतिक स्वार्थले थिचिएको छ भन्ने यो वर्ष सार्वजनिक भयो। एनआरएन त विवादित भए नै विवादमा आएको सम्मेलनमा राष्ट्रपति सहभागी भएर आफू पनि साक्षी बसेकी छिन्।
चैत १२, २०७८ शनिबार २२:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।