नेपाल-चीनबिच नौ बुँदे समझदारीमा रेल्वे अध्ययनदेखि घाँस निर्यातसम्म

नेपाल-चीनबिच नौ बुँदे समझदारीमा रेल्वे अध्ययनदेखि घाँस निर्यातसम्म

काठमाडौँ : चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणमा नेपाल र चीनबिच नौ बुँदे समझदारी भएको छ। नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेश मन्त्री यी को उपस्थितिमा  सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नौ बुँदे समझदारी भएको हो।

दुवै पक्षबिच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन–नेपाल अन्तर्देशीय रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टर कनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ।

चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमय पत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मत सम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौँ बैठकको दस्ताबेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौँ र छैटौँ खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र, चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ।

चैत १२, २०७८ शनिबार २२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।