
सांसद साहमाथि भएको आक्रमणको गृहले छानबिन गर्ने

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गर्ने बताएका छन्।
शनिवार बिहान भएको आक्रमणमा घाइते शाहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।
‘माननीय प्रमोद शाहमाथि भएको आक्रमणको छानबिन हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ।’
गृह जिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ। क्लबको विवादमा उनीमाथि आक्रमण भएको थियो।
चैत १२, २०७८ शनिबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।