चितवनमा यात्रुबहाक बस दुर्घटना : ३८ जना घाइते, तीनको अवस्था गम्भीर

चितवनमा यात्रुबहाक बस दुर्घटना : ३८ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौँ : काँकडभिट्टाबाट काठमाडौँ आउँदै गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबहाक बस चितवनमा दुर्घटना भएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा बिहान अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। दुर्घटनाका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भईरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए। 

उनीहरूको अवस्था सामान्य छ। बस चालकसहित ६ जनाको चितवनको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम छ। 

पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ। सडकमा पल्टिएको बसलाई क्रेनको सहायताले हटाएर सडक खुला गरिएको उनले जानकारी दिए। 
 

चैत १२, २०७८ शनिबार १५:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।