पीएनजीविरुद्ध दीपेन्द्रले बनाए शतक, नेपालद्वारा २७९ रनको लक्ष्य प्रस्तुत

काठमाडौंः नेपाल र पीएनजीविरुद्ध जारी एकदिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो र अन्तिम खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन्। दीपेन्द्रले १४० बलमा १०५ रन बनाएका हुन्।
दीपेन्द्रको पारीमा ७ चौका सामेल थियो। टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुआत निकै खराब भएको थियो। ओपनरद्वयलाई पहिलो ३ ओभरमै गुमाएको नेपालका लागि तेस्रो र चौथो विकेटका लागि आएका देव खनाल र दीपेन्द्रले पारी सम्हालेका थिए।
देवले ८६ बलमा ७२ रनको पारी खेले। उनको साथ पाएका दीपेन्द्र ४७.१ ओभरसम्म टिके।
यता निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा २७८ रन बनाउँदै पीएनजीलाई २७९ रनको लक्ष्य दिएको छ। अन्तिम ओभरमा सन्दीप लामिछाने र सोमपाल कामीबीच साझेदारी भएको थियो। कप्तान सन्दीपले ९ बलमा २४ रनको पारी खेल्दा सोमपालले २ बल खेलेर ३ रन बनाए।
श्रृङ्खलामा नेपाल १-० ले पछाडि छ। हिजो भएको खेलमा पीएनजीले नेपाललाई ६ रनले पराजित गरेको थियो।
चैत १२, २०७८ शनिबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।