
बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड बराबरको खाद्यान्न उपलब्ध गराउने

एजेन्सीः बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्ने भएको छ। बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो।
बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने भएको हो। मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ। वास्तविक संख्या अझ बढी हुनसक्ने बताइएको छ।
"पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्तादेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि लगभग २५ ट्रक लोड सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ", विज्ञप्तिमा जनाइएको छ।
चैत १२, २०७८ शनिबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।