
सर्लाहीमा क्लबको भवन बनाउने विषयमा झडप हुँदा सासंद साह गम्भीर घाइते

सर्लाही: क्लबको भवन बनाउने विषयमा विवाद हुँदा शनिबार बिहान जिल्लाको ईश्वरपुर नगरपालिका-६ वयलबासमा झडप भएको छ। झडपमा परी सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद प्रमोद साह गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार सांसद् साहकाे टाउकाेमा गहिराे चाेट लागेकाे छ। उनलाई ढुङ्गाले लागेको थियो। साहकाे हाल वयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेकाे छ।
सडक विस्तारका क्रममा सडकपट्टी पर्ने जग्गामा बनेको स्थानीय फूलजोड युवा क्लबको भवन भत्काइएको थियो। पछि बाँकी रहेकाे जग्गामा क्लबको भवन बनाउने र बनाउन नदिने पक्षबीच विवाद भएको थियो। सोही विवाद शनिबार बिहान झडपमा रूपान्तरण भएको हो।
हाल घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने स्थिति नियन्त्रणमा रहेको छ।
चैत १२, २०७८ शनिबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।