बल्खुमा ४ वटा सवारी ठोकिँदा एक जनाको मृत्यु, भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको गयो ज्यान

बल्खुमा ४ वटा सवारी ठोकिँदा एक जनाको मृत्यु, भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको गयो ज्यान

काठमाडौंः शुक्रबार साँझ काठमाडौंको बल्खुमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बेलुकी ७ बजे कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बा१ज ९८८ नम्बरको पर्यटक जीप, बा४९प ८२७२ नम्बरको स्कुटर, बागमती प्रदेश-०१-०२५च ४२० नम्बरको पिकअप र ना५ख ७५०८ नम्बरको ट्रक आपसमा ठक्कर खाएका थिए।

सोही दुर्घटनामा घाइते भएका ८२७२ नम्बरको स्कुटरमा पछाडि सवार धरान घर भएका १९ वर्षीय सन्तोष लिम्बूको उपचारको क्रममा बल्खुस्थित वयोधा अस्पतालमा मृत्यु भएको हो। ४ वटै सवारी साधनसहित चालकहरू महानगरीय प्रहरी वृत्त कालिमाटीको नियन्त्रणमा रहेका छन्।

यस्तै भक्तपुरको सृजनानगरमा हिजो साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-८ का ३६ वर्षीय रमेश तिमल्सिना रहेका छन्।

उनको उपचारको क्रममा डा. ईवमुरा अस्पतालमा हिजो बेलुकी साढे ८ बजे मृत्यु भएको हो। बेलुकी ८ बजे राधेराधेबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश-३-०२-००६प ६११४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको बा४ख २००१ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्कर दिने बससहित चालक महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेका छन्।

चैत १२, २०७८ शनिबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।