नेपालको खराब सुरुआत: पहिलो बलमै कुशल भुर्तेल आउट, ३ ओभरभित्रै दुवै ओपनर गुमायो

काठमाडौंः नेपालले पीएनजीविरुद्ध जारी एकदिवसीय श्रृङ्खलाको दोस्रो खेलमा खराब सुरुआत गरेको छ। पहिलो ३ ओभरमै नेपालको दुई विकेट गएको छ।
नेपालका लागि पारीको सुरुआत गरेका कुशल भुर्तेल र अनिलकुमार साह दुवै पभेलियन फर्केका छन्। कुशल खेलको पहिलो बलमा क्याच आउट हुन पुगे। यस्तै अनिल पनि दुई बल खेलेर एक रन बनाएको अवस्थामा क्याच आउट नै भए।
दुवै विकेट एलि नाओको नाममा रह्यो।
यतिबेला खेलमा १२ औं ओभर चलिरहेको छ भने नेपालले २ विकेटको क्षतिमा ३९ रन मात्र बनाएको छ। नेपालको रनरेट प्रतिओभर ३.६४ रहेको छ।
क्रिजमा देव खनाल र दिपेन्द्रसिंह ऐरी छन्।
चैत १२, २०७८ शनिबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।