महिलालाई एसिड प्रहार गरेको आरोपमा जेठाजू र ससूरा पक्राउ

महिलालाई एसिड प्रहार गरेको आरोपमा जेठाजू र ससूरा पक्राउ

बाराः महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर बस्ने २८ वर्षीया पीडित महिलाको जेठाजू रामबाबु साह र ससूरा हवारी साह रहेका छन्। 

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पीडित महिला आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले उनलाई एसिड प्रहार गरेका थिए।

चैत १२, २०७८ शनिबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।